• GPO Box: 24658 Kalanki, Kathmandu, Nepal
  • +977-1- 521 8496    info@pdrc.org.np
  • काठमाडाैँ
    19 Aug 2022

    लोक सेवा शाखा अधिकृत तयारी कक्षा २०७९ बारेमा सुचना

    दलित समुदायका युवाहरुका लागि लोक सेवा शाखा अधिकृत तयारी कक्षाको सूचना !

     

    लोक सेवा आयोगले गर्ने विज्ञापनका लागि शाखा अधिकृत (अप्रा.) पदको तयारी कक्षा (एघारौं व्याज) सामाजिक संघसंस्थाहरु तथा विभिन्न व्यक्तिकोे सहयोगमा संचालन हुन लागेको हुँदा योग्यता पुगेका इच्छुक युवाले २०७९/०५/२६ भित्र दरखास्तको आह्वान गरिन्छ । थप जानकारी www.pdrc.org.np मा उल्लेख छ ।

    सचिवालय : – व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र (पिडिआरसी), कलंकी काठमाडौं

    फोन नं. ५२१८४९६, ९८४१५२७८६१ र ९८५११६२४७७

    नोट :  लोक सेवा शाखा अधिकृत तयारी कक्षामा सहभागी हुन इच्छुक दलित युवायुवतीले देहायमा उल्लेख भए बमोजिम दरखास्त दिन सक्नेछन् ।

    १. सहभागी हुन चाहने उम्मेद्धारले दरखास्त दिन आवश्यक पर्ने कागजातहरु, यस प्रकार रहेका छन् ।

    क)  रीतपूर्व भरेको आवेदन फाराम,

    ख)  स्नातक तह उतिर्ण प्रमाण पत्रको प्रतिलिपी,

    ग)  थर वा जाती स्पष्ट दलित भनी नचिनेको हकमा दलित भएको प्रमाण

    घ)  नागरिकताको प्रतिलिपी

    ङ) हालसालै खिँचेको पासपोट साईजको फोटो,

    २. इमेलबाट आवेदन दिन चाहने सहभागीले www.pdrc.org.np मा गई फाराम डाउनलोड गरी फाराम भरी हस्ताक्षर गरी उक्त फारामलाई स्क्यान गरी  info@pdrc.org.np  इमेलमा स्क्यान कपी समावेस गरी आवेदन गर्न सकिनेछ ।

    ३. लोक सेवा शाखा अधिककृत तयारी कक्षामा अध्ययनको अवसर पाउन सहभागीले सचिवालयले निर्धारण गरेको प्रवेश परीक्षा दिनु पर्नेछ र सहभागीको योग्यताक्रम अनुसार कक्षामा सहभागी गराईनेछ । सहभागीहरुको संख्या धेरै भएमा स्रोत वयवस्थापन समिति र छनौट समितिले सिफारिस गरे अनुसार हुनेछ ।

    ४. सहभागी हुन चाहेको उम्मेदवारले यस सचिवालयले निर्धारण गरेको परीक्षा मिति, समय र स्थानमा उपस्थित भै स्वयम उम्मेदवारले नै प्रवेशको लागि प्रतियोगितात्मक लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी हुनु पर्नेछ ।

    ५. गत वर्षहरुका सहभागीले पहिले अध्ययन गरेको विषयमा अध्ययन सहयोग प्राप्त गर्न सक्ने छैन । अरु विषयमा अध्ययन गर्न चाहनेले लोक सेवा आयोगले लिएको प्रतिस्पर्धात्मक परीक्षा पहिलो पत्रको उत्र्तीण भएको, लोक सेवा आयोगले पहिलो चरणको पत्र दिनु पर्ने व्यवस्था नभएको विषय (न्याय सेवा) वा प्रवेश परीक्षामा न्यूनतम ४५ भन्दा कम अंक ल्याउने सहभागिले मौका पाउने छैन ।

    ६. प्रवेश परीक्षाका लागि लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम पहिलो चरण (प्रशासनिक अभिरुची)का आधारमा हुनेछ ।

    ७. प्रवेश परीक्षा मिति २०७९ साल असोज १ गते शनिबार विहान १० बजेदेखि ११ः३० बजेसम्म व्यवसायिक विकास तथा अनुसन्धान केन्द्रले तोकेको स्थानमा हुनेछ । तयारी कक्षाका लागि छनोट भएका सहभागिलाई भौतिक रुपमा कक्षा संचालन हुनेछ ।

    ८. योग्यताक्रममा छनौट भएका युवाहरुलाई एक अभिमुखिकरण कार्यक्रम  आयेजना गरिने छ र तयारी कक्षाको सम्पूर्ण जानकारी गराईनेछ । उक्त कार्यक्रममा अनिवार्य उपस्थिा नभएमा वैकल्पिक उम्मेवारलाई अवसर पाउनेछ ।

    ९. योग्यताक्रममा छनोट भएका उम्मेदवारले सचिवालयले निधारर्ण गरेको संस्थामा अध्ययन गर्नु पर्नेछ ।

    १०. छनौट भएको उम्मेदवार यस कार्यक्रमप्रति उत्तरदायी बन्दै सचिवालयकले तयार पारेको नियमहरुको पालना गर्नु पर्नेछ, साथै सहभागी हुन चाहने उम्मेदवारले दर्ता वा परीक्षा शुल्क रु.१०० र छनौट भएपछि सहभागिता शुल्क रु ५००। लाग्नेछ ।

    ११. छनौट भएका उम्मेदवारले नियमित कक्षा तथा अभ्यास परीक्षाहरुमा सहभागी हुनु पर्नेछ ।  सो जनाकारी सचिवालयलाई दिनु पर्नेछ, यदी नभएको खण्डमा निजले एक जनालाई अध्ययनमा लाग्ने खर्च तिर्नु पर्नेछ ।

    १२. यस कक्षामा सहभागी भई सफल भएका सहभागीले रोजगार भएपछि सामाजिक दायित्व अनुसार पीछडिएको समाजको उत्थानार्थ अनिवार्य रुपमा अर्को एक जना अध्ययन गराउनु आवश्यक पर्ने रकम सचिवालयमा व्यवस्थापन गर्नु पर्र्नेछ ।

    फारम डाउनलाेड गर्न तलकाे लिंकमा क्लिक गर्नुहाेला ।

    फारम डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस ।

    Copyright © PDRC 2022 | All rights reserved.

    Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.