• GPO Box: 24658 Kalanki, Kathmandu, Nepal
  • +977-1- 521 8496    info@pdrc.org.np
  • २०८० भाद्र १०

    “दलित समूदायका युवाहरु लागि शाखा अधिकृत तयारी कक्षाको” सूचना !

    नोटः लोक सेवा शाखा अधिकृत तयारी कक्षामा अध्ययन गर्न चाहने दलित समुदायका युवायुवतीलाई  आवेदन सम्बन्धी बिस्तृत जानकारी यस प्रकार रहेको छ । 

    १. सहभागी हुन इच्छुक उम्मेद्धारले दरखास्त दिन आवश्यक पर्ने कागजातहरुः  

    क)  रीतपूर्वक भरेको आवेदन फाराम,

    ख) स्नातक तह उत्तिर्ण प्रमाणपत्रको प्रतिलिपी,

    ग)  थर वा जातले स्पष्ट दलित भनी छुट्याउन नसकिनेको हकमा दलित  भएको प्रमाण,

    घ)  नागरिकताको प्रतिलिपी

    ङ)   हालसालै खिँचेको पासपोट साईजको फोटो,

    २. इमेलबाट आवेदन दिन चाहने सहभागीले  Application Form PDRC    फाराम डाउनलोड गरी फाराम भरी हस्ताक्षर गरी उक्त फारामलाई स्क्यान गरी info@pdrc.org.np इमेलमा स्क्यान कपी समावेस गरी आवेदन गर्न सकिनेछ ।

    ३. प्रवेश परीक्षाको लागि उम्मेदवारले फाराम दर्ता वा परीक्षा शुल्क रु.१००। तिरी सचिवालयले तोकेको कागजातलाई प्रवेश पत्रको मान्यता दिनेछ र सहभागीले परीक्षाको समयमा ल्याउनु पर्नेछ ।

    ४. सहभागी हुन चाहेको उम्मेदवारले यस सचिवालयले निर्धारण गरेको परीक्षा मिति, समय र स्थानमा उपस्थित भै स्वयम उम्मेदवारले नै प्रवेशको लागि प्रतियोगितात्मक लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी हुनु पर्नेछ, । परीक्षाहरुमा सहभागी नभएको उम्मेदार अवसरबाट स्वतः वञ्चित हुनेछ ।  

    ५. गतवर्षहरुमा अध्ययन गरिसकेका उम्मेदारलाई यो वर्ष अवसर प्रदान गरिने छैन । अरु विषयमा अध्ययन गर्न चाहनेले लोक सेवा आयोगले लिएको प्रतिस्पर्धात्मक परीक्षा पहिलो पत्रको उत्र्तीण भएको, लोक सेवा आयोगले पहिलो चरणको पत्र दिनु पर्ने व्यवस्था नभएको विषय (न्याय सेवा समूह) का सहभागीले पहिलो पत्रको लिखित परीक्षा नै दिनु पर्नेछ । यसको सयम ३ घण्टाको नै हुनेछ ।

    ६. प्रवेश परीक्षाका लागि लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम पहिलो पत्र (प्रशासनिक अभिरुची र न्याय सेवाको लागि पहिलो पत्र नै हुने) मा आधारित हुनेछ ।

    ७. प्रवेश परीक्षा मिति २०८० साल भदौं ३० गते शनिबार विहान १० बजेदेखि ११ः३० बजेसम्म सचिवालय (व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र)ले तोकेको स्थानमा हुनेछ । लोक सेवा शाखा अधिकृत तयारी कक्षाका लागि छनौट भएका सहभागीहरुले भौतिक रुपमा उपस्थित भई कक्षामा सहभागी हुनु पर्नेछ ।

    ८. प्रवेश परीक्षाको नतिजा प्रकाशन योग्यताक्रममा हुनेछ । यसरी छनौट भएका युवाहरुलाई एक अभिमुखिकरण कार्यक्रम आयेजना गरिनेछ र तयारी कक्षाको सम्पूर्ण जानकारी सोही अवसरमा गराईनेछ । उक्त कार्यक्रममा अनिवार्य उपस्थित हुनु पर्नेछ, नभएमा वैकल्पिक उम्मेवारलाई अवसर पाउनेछ ।

    ९. प्रवेश परीक्षाबाट योग्यताक्रममा छनौट भएका उम्मेदवारले सचिवालयले निधारर्ण गरेको संस्थामा अध्ययन गर्नु पर्नेछ र प्रतिवद्धा शुल्क रु ५००। लाग्नेछ ।

    १०.  छनौट भएका उम्मेदवारले नियमित कक्षा तथा अभ्यास परीक्षाहरुमा सहभागी हुनु पर्नेछ ।

    ११. यस कक्षामा सहभागी भई सफल भएका सहभागीले रोजगार भएपछि सामाजिक दायित्व अनुसार   पीछडिएको समाजको उत्थानार्थ अनिवार्य रुपमा एक जनालाई अध्ययन गराउनु आवश्यक पर्ने रकम सचिवालयमा व्यवस्थापन गर्नु पर्र्नेछ ।

    नोटः सहकार्यकमा रहेका संस्थाहरुः

    १. व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र (पीडिआरसी),

    २. राष्ट्रिय दलित कर्मचारी समाज नेपाल (एनडिपीयस नेपाल),

    ३. नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडियसडब्लुओ),

    फारम डाउनलाेड गर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस ।

    Application Form PDRC

    सचिवालयः व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र (पीडिआरसी), कलंकी, काठमाडौं
    फोन ०१ ५२१८४९६, ९८४१५२७८६१, ९८५११६२४७७

    Copyright © PDRC 2023 | All rights reserved.

    Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.