• GPO Box: 24658 Kalanki, Kathmandu, Nepal
  • +977-1- 521 8496    info@pdrc.org.np
  • लोक सेवा शाखा अधिकृत तयारी कक्षाको प्रवेश परीक्षा सम्वन्धी सूचना

    सबै आवेदकहरु,

    विषयः लोक सेवा शाखा अधिकृत तयारी कक्षाको प्रवेश परीक्षा सम्वन्धी सूचना ।

    उपरोक्त सम्वन्धमा लोक सेवा शाखा अधिकृत तयारी कक्षा ११ औं वर्षमा अध्ययन गर्नका लागि प्रवेश परीक्षामा सहभागी हुन भनी कार्यालयमा फाराम बुझाउने तथा पीडिआरसीको इमेल मार्फत आवेदन गर्नु भएका उम्मेदवारहरुलाई मिति २०७९ असोज १ गते हुने लिखित तथा अन्तर्वार्ता परीक्षा तपसिलको स्थान र समयमा हुने बेहोरा यसै सूचनाद्धारा जानाकारी गराउन चाहन्छौं । अतः उक्त समयमा हुने परीक्षाहरुमा उपस्थित हुँदा दर्ता रसिद र इमेल मार्फत आवेदन गर्नु भएका सहभागीहरुले आफ्नो प्रमाण पत्रहरुको एकएक कपी सहित परीक्षा सुरुहुनुभन्दा अगाडी नै दर्ता गराइसक्नु पर्नेछ । परीक्षामा सहभागी नभएको उम्मेदवार सेवाबाट स्वतः नै वञ्चित हुने बेहोरा सबैमा जानकारी गराइन्छ । सहयोगको लागि धन्यवाद ।
    तपसील

    लिखित परीक्षा हुने मिति र समयः २०७९ असोज १ गते ठीक ११ बजे विहान
    स्थानः नेमको हल (कोठा नं.३ सी), पुतलिसडक, काठमाडौं
    अन्तर्वार्ता मिति र समयः २०७९ असोज १ गते लिखित परीक्षा पछि
    स्थानः परीक्षा हलमा जानकारी गराईनेछ ।

    लोक सेवा शाखा अधिकृत तयारी कक्षाको सचिवालय
    व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र,(पीडिआरसी)
    कलंकी काठमाडौं

    Copyright © PDRC 2022 | All rights reserved.

    Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.