• GPO Box: 24658 Kalanki, Kathmandu, Nepal
  • +977-1- 521 8496    info@pdrc.org.np
  • बल्झिरहने अतीत अल्झिरहने वर्तमान

    पुस्तक चिनारी

    पिडिआरसीको अग्रसरतामा डिस्कोर्श पब्लिकेशनबाट प्रकाशन भएको तारालाल श्रेष्ठको तेस्रो अनुसन्धानात्मक कृति ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’ (२०७१) ले सबाल्टर्न अध्ययन दृष्टिकोणबाट नेपाली समाजको सबैभन्दा उत्पीडित दलित समुदायको मुद्दालाई बौद्धिक बहसका रूपमा उठान गरेको छ । यस पुस्तकले नेपाली दलित इतिहास, दलित आन्दोलन, दलित साहित्य, सामाजिक राजनीतिक अवस्था र अबको दलित आन्दोलन कसरी अगाडि बढनुपर्छ भन्ने विषयलाई समेटेको छ । यो नेपाली सन्दर्भमा सबाल्टर्न अध्ययनका आधारबाट लेखिएका पहिलो वृहत र सबैभन्दा बहुआयामिक पुस्तक हो भन्ने विश्लेषकहरूको भनाई छ ।

    यस पुस्तकमा लेखकले आफ्नो अनुसन्धानको क्रममा भोगेका अनुभव, भेटिएका गहन तथ्य, तथ्यांक तथा मिथकहरुलाई साहित्यिक, सौन्दर्य शास्त्र र हरदैनिकीस“ग जोडेर प्रस्तुत गरेका छन् । अनुसन्धानात्मक कृति भए पनि यस पुस्तकले संस्मरणात्मक अनुभूतिहरुलाई पनि समेटेको छ । पुस्तक लेखनीका क्रममा लेखकले नेपालको अधिकांश क्षेत्रहरूमा घुमेर दलित अभियन्ताहरूस“ग गरेको विमर्श, भारतमा अनुसन्धानका क्रममा भोगेका÷भेटिएका कुरा, बेलायत स्थित अक्सफोर्ड विश्वविद्यालयमा दलित र शरणार्थी विषयमा प्रस्तुत कार्यपत्र तथा दलित विषयमाथि आयोजित टक कार्यक्रमका प्रसंगहरू, अमेरिकाको विस्कान्सिन विश्वविद्यालयमा भएको नेपाली दलित र जनजातिबारे बौद्धिक बहसलगायतका प्रसङलाई पनि समेटेको यस पुस्तकले नेपाली दलित मुद्दालाई विविध कोणबाट विश्लेषण गरेको छ ।

    पुस्तकले दलित आन्दोलनलाई राजनीतिक, सांस्कृतिक, साहित्यिकलगायत विविध विसयहरूस“ग जोडेर बौद्धिक आन्दोलनका रूपमा अगाडि बढाउने विविध आधार प्रस्तुत गरेकाले नेपाली सन्दर्भमा सबाल्टर्न अध्ययनको एउटा बहुआयामिक विशिष्ट नमुना हो, यो कृति । एउटा मौलिक वस्तुपरक नमुना यस पुस्तकले नेपाली दलित विषयमाथि नवीन प्रश्नहरू सोध्न र नवीन उत्तरहरू खोज्न अभिप्रेरित गर्नेछ । अनुसन्धान यात्रालाई संस्मरणात्मक किसिमले समेटेको यस कृतिले प्राज्ञिक क्षेत्रमा नया“ आयाम थप्ने विश्वास गरिएको छ । ४ सय ५० पृष्ठको उच्चस्तरीय गुणस्तरमा डिस्कोर्स पब्लिकेसनद्वारा प्रकाशित पुस्तक हार्ड बाउन्ड र पेपरब्याक दुबै स्वरूपमा बजारमा उपलब्ध छन् ।

    Copyright © PDRC 2020 | All rights reserved.

    Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.