BOOKS


  • बल्झिरहने अतीत अल्झिरहने वर्तमान पिडिआरसीको अग्रसरतामा डिस्कोर्श पब्लिकेशनबाट प्रकाशन भएको तारालाल श्रेष्ठको तेस्रो अनुसन्धानात्मक कृति ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’ (२०७१) ले सबाल्टर्न अध्ययन दृष्टिकोणबाट नेपाली समाजको सबैभन्दा उत्पीडित दलित समुदायको मुद्दालाई बौद्धिक बहसका रूपमा उठान गरेको छ । यस पुस्तकले नेपाली दलित इतिहास, दलित आन्दोलन, दलित साहित्य, सामाजिक राजनीतिक अवस्था र अबको दलित आन्दोलन कसरी अगाडि बढनुपर्छ भन्ने विषयलाई समेटेको छ । यो नेपाली सन्दर्भमा सबाल्टर्न अध्ययनका आधारबाट लेखिएका पहिलो वृहत र सबैभन्दा बहुआयामिक पुस्तक हो भन्ने विश्लेषकहरूको भनाई छ ।